Connect with us
Kapilvast Forest

म्याग्दीमा खोलाले बगाएर एक पैदलयात्रु बेपत्ता

२०७८, २० भाद्र आईतवारमा प्रकाशित

 

म्याग्दी – म्याग्दीको रघुगंगा गाउँपालिका–१, स्थित बेगखोलाले बगाएर एक जना पैदलयात्रुलाई बेपत्ता बनाएको छ। भगवतिदेखि तिप्ल्याङतर्फ जाँदै गरेका एक वृद्धलाई खोला तर्ने क्रममा बाढीले बगाएको हो।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक तथा सुचना अधिकारी वीरेन्द्रराज गुरुङले शनिबार अपरान्ह खोलाले बगाएका ती व्यक्तिको परिचय नखुलेको र अझै नभेटिएको बताएका छन् । भारी बोकेर खोला तर्दै गरेका पुरुषलाई खोलाले बगाएर कालीगण्डकीमा मिसाएको प्रत्यक्षदर्शी स्थानीयबासीबाट सूचना आएपछि खोजी गरिरहेको उनले बताए ।

बेगखोलामा मोटरेबल र झोलुङ्गे पुल पुननिर्माण नहुँदा हरेक बर्खा याममा बेनी–जोमसोम यात्रा गर्ने नागरिकले जोखिम, सास्ति र झञ्जट ब्यहोर्नुपरेको छ।

कालीगण्डकीमा मिसिने बेगखोलामा लेकमा बर्खा हुँदा बाढी आउँछ। पाखा र ठाडा खोल्साको बाढी पनि यसैमा मिसिन्छ। बेगखोला र कालीगण्डकीको दोभानमा खोला वारपार गर्ने घाट छ। बेगखोलाको बाढीले खोला तर्ने क्रममा केही ट्याक्सी र मोटरसाइकल बगाएर कालीगण्डकीमा मिसाएको छ।

२०७३ भदौ १७ गतेको रातीको बाढीले बेलिब्रिज र झोलुङ्गे पुल सहित बेगखोलामा ११ वटा घर बगाएको थियो। बेगखोलामा ७० मिटर लामो सडक पुल निर्माण गर्न सडक विभाग अन्तर्गतको पुल महाशाखाले ठेक्का प्रक्रिया अघि बढाएको जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देबेन्द्र केसीले बताए ।

उनका अनुसार सडक पुल निर्माण नहुँदासम्मका लागि पैदलयात्री र मोटरसाइकल आवतजावतलाई सहज बनाउन गण्डकी प्रदेश सरकार अन्तर्गतको पुर्वाधार विकास कार्यालय म्याग्दीले झोलुङ्गे पुल बनाउन ठेक्का प्रस्ताव आव्हान गरेको छ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu