कृषि बजारमा शाली–भिनाजु नियुक्त, अख्तियारले थाल्यो छानविन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिर्तामोडस्थित कृषि बजार व्यवस्थापन समितिमा छानविन थालेको छ । समितिले नियम विपरीत कर्मचारी नियुक्त गरेपछि अख्तियारले छानविन शुरु गरेको हो ।
कृषि बजार व्यवस्थापनले व्यवस्थापक सीताराम नेपाल र लेखापाल पवित्राकुमारी पौडेललाई नियुक्त गरेको थियो । अख्तियारले ‘समितिले नियम विपरीत कर्मचारी नियुक्त गरेको’ भन्ने उजुरीको आधारमा छानविन शुरु गरेको जनाएको छ । आयोगले त्यसबारे १० दिनभित्र लिखित जवाफ दिन व्यवस्थापनका लेखा अधिकृत भरतबहादुर ढुङ्गानालाई पत्राचार गरेको छ ।
कृषि बजार व्यवस्थापनले व्यस्थापकमा नियुक्त गरेको सिताराम नेपाल कृषि ज्ञान केन्द्रका निमित्त कार्यालय प्रमुख तथा कृषि बजार व्यवस्थापन समितिका सदस्य शालीकराम भट्टराईका भिनाजु हुन् । त्यस्तैलेखापालमा नियुक्त गरिएकी बिर्तामोड–८ निवासी पवित्राकुमारी जिल्ला प्रशासन कार्यालय झापाका कर्मचारी लक्ष्मीप्रसाद खरेलकी साली हुन् । समितिका अध्यक्ष तथा कृषि विकास फर्म चन्द्रडाँगीका प्रमुख समेत रहेका धनबहादुर थापाको मिलेमतोमा नियम विपरीत उनीहरुलाई नियुक्त गरिएको आरोप लगागेको छ ।
कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रिकीकरण प्रवद्र्धन केन्द्रले कृषि बजार व्यवस्थापन समिति गठनका लागि दिएको समयावधि सकिएको छ । समिति गठनको म्याद सँिदा समेत समिति गठन हुन नसेकेपछि कृषि विभागले तदर्थ समितिका अध्यक्ष थापालाई त्यस सम्वन्धी स्पष्टीकरण सोधेको छ । भदौ ५ गते कृषि वजार व्यवस्थापन समितिका नाममा लिखित पत्राचार गर्दै स्पष्टीकरण पेश गर्न कृषि अर्थविज्ञ श्यामराज विष्टले सात दिनको समय दिएका छन् । त्यसको बोधार्थ कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई समेत पठाइएको छ ।