गाँजासहित महिला पक्राउ
पर्सा । प्रहरीले गाँजासहित महिला पक्राउ गरेको छ । पर्सागढी नगरपालिका वडा नम्बर १ निवासी तारादेवी पासवान गाँजासहित पक्राउ परेकी हुन् ।
तारादेवीलाई ४ किलो गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले उनलाई बिहीबार सार्वजनिक गरेको छ ।
प्रहरीले लागुऔषध ओसारपसारमा संलग्न भारत बिहारको मोतिहारी निवासी धर्मेन्द्र साह कानु र पिन्टु पासवानलाई पनि पक्राउ गरिेको छ । प्रहरीले बिहीबार उनीहरुलाई सार्वजनिक गरेको छ ।