Connect with us
Kapilvast Forest

बाउन्स चेक दिने गजुरेल पक्राउ

२०७८, २२ भाद्र मंगलवारमा प्रकाशित

pakrau

काठमाडौं-बैंकमा पर्याप्त रकम भएको जानकारी हुँदा हुदै चेक काटेर दिने काठमाडौं महानगरपालिका १६ माछापोखरी बस्ने नुवाकोट बेलकोटगढी नगरपालिका १२ सिमपानी घर भएका ५६ वर्षीय शिवराम गजुरेललाई प्रहरीले पक्राउ गरेको छ ।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवारी गजुरेललाई उच्च अदालत पाटनको २०७८ असार २८ गतेको फैसलाले ७ दिन कैद तथा १३ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरीले काठमाडौं बालाजु शेषमती पुलबाट पक्राउ गरेको जनाएको छ ।

आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी पीडितलाई झुक्यानमा पारी हाम्रो विकास बैंकको चेक काटी दिई बैंकिङ् कसूरजन्य अपराध गरेको ठहर गरी अदालतले उक्त फैसला गरेको थियो ।उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu