Connect with us
Kapilvast Forest

मुक्ति समाज जिल्ला कमिटिकाे बिस्तारीत बैठक सम्पन्न

२०७८, २२ भाद्र मंगलवारमा प्रकाशित

संजिव गहतराज,कपिलवस्तु –
नेपाल उत्पीडित जातिय मुक्ति समाज जिल्ला कमिटिकाे बिस्तारीत बैठक सम्पन्न भएकाे छ। नेपाल कम्न्युष्ट पाटी एमालेकाे भातृ संगठन नेपाल उत्पीडित जातिय मुक्ति समाजले असाेज १५ सम्म सबै नगरपालिका गाउपालिका तथा वडाहरूमा र असाेज मसान्त सम्ममा जिल्ला सम्मेलेन सम्पन्न गर्ने निर्णय गरेकाे छ ।

 

कार्यक्रममा मान्छे मान्छे बिच जातका कारणले बिभेद हुनु अन्तराष्टिय राष्टिय मानव अधिकारकाे कानुनहरूले बर्जित गरेकाे बिषय भएकाेले याे दण्डनिय कार्य हाे । त्यसैले यस्ता सास्कृतिक विभेदकाे अन्त्यकाे लागि सास्कृतिक समुहहरूलाई नेतृत्वमा आउन प्रमुखअतिथि नेकपा एमाले कपिलवस्तु जिल्ला सह संयाेजक डम्बर शर्माले आग्रह गर्नुभयाे । पाटि हाम्राे अभिभावक भएकाेले पाटी प्रति बढि आश्रित हुनु स्वभाविक भएकाे भन्दै हाम्राे आवाजलाई बुलन्द बनाउनका लागि संगठित हुनुपर्ने नेपाल उत्पीडित जातिय मुक्ति समाज लुम्बनि प्रदेश सचिव सि.बि गहतराजले बताउनु भयाे ।

 

६५ लाख दलितहरूलाई गाेलबद्ध गर्ने शब्द दलित शब्द भएकाेले दलित शब्द राख्ने नराख्ने भन्ने बिषयकाे पछाडि नलाग्न लुम्बनि प्रदेश सचिव सि.बि गहतराजले बताउनु भयाे । माेर्चाकाे ईन्चार्ज हुदा पार्टि कार्यलयमा सहभाेज कार्यक्रम आयाेजना गरेकाे सम्झदै याे एक अधिकार प्रप्तीकाे लडाई भएकाेले निरन्तर लडनु पर्ने नेकपा एमाले जिल्ला कमिटि सचिवालय सदस्य तथा वुद्धभुमि नगर ईन्चार्ज पित्मबर खनालले बताईदिनुभयाे । आफ्नाे अधिकार प्राप्तिका लागि संगठित भएर जातिय छुवाुत विरूद्धकाे अभियानलाई अगाडि बढाउनु पर्नेमा नेकपा एमाले प्युठान जिल्ला कमिटि सचिवालय सदस्य बेगम बिश्वकर्मले जाेड दिनुभयाे । अधिरकार प्राप्तिकाे लडाईमा संगठित भएर गयमा आफ्नाे आवाज सबैले सुन्न वाध्ये हुने बिश्वकर्माले बताउनु भयाे ।

पाटीले महाधिवेशनकाे तयारी गरिरहेकाे बेला वडा, नगर , जिल्ला र केन्द्रमा बहुसंख्यक दलित समुदाय नेतृत्वमा आउन आवहान नेकपा एमाले शिवराज नगर कमिटि सचिव निशा बिश्वकर्माले गर्नुभयाे । नेपाल उत्पिडित जातिय मुक्ति समाज कपिलवस्तु जिल्ला उपाध्यक्ष राम प्रघट काेरीकाे अध्यक्षतामा आयाेजित बिस्तारीत बैठक जिल्ला कमिटि सदस्य राम बहादुर बि.कले कार्यक्रम संचालन गर्नुभएकाे थियाे ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu