Connect with us
Kapilvast Forest

एमसीसीबारे बुझेर मात्र बोल्न सांसदहरुलाई प्रधानमन्त्रीको निर्देशन

२०७८, २२ भाद्र मंगलवारमा प्रकाशित

Sher-Bahadur-Deuba-Nepali-Congress.jpg

 

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे बुझेका सांसदहरुले मात्र बोल्न निर्देशन दिनुभएको छ ।कांग्रेस संसदीय दलको आज बसेको बैठकमा सांसदहरुले एमसीसी सम्झौता के गर्ने भनेर प्रश्न उठाएका थिए । जवाफमा संसदीय दलका नेता देउवाले अघिल्ला सरकारहरुले पनि कानुन बनाएर एमसीसीलाई अघि बढाउँदै आएको बताउनु भएको छ ।

यो प्रतिस्पर्धाबाट प्राप्त गरेको अनुदान भएको र यससँग लोकतान्त्रिक देशको सम्बन्ध पनि जोडिएको भन्दै प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘जुनसुकै सहयोग प्राप्त गर्दा पनि शर्तहरु हुन्छन् ।’तर एमसीसीबारे अनावश्यक भ्रम फैलिएको भन्दै देउवाले भन्नुभयो, एमसीसीबारे बुझेका सांसदहरु बोल्नुस् । नबुझेका सांसदहरु नबोल्नुस् ।’

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu