ईलाका प्रहरी कार्यालय कोपवामा कार्यरत प्रहरी जवान माथि आक्रमण
कपिलवस्तु-कपिलवस्तुको ईलाका प्रहरी कार्यालय कोपवामा कार्यरत प्रहरी जवान राजन के।सी ‐ नाम परिवर्तन माथि आक्रमण भएको छ ।विहिवार तिजको दिन प्रहरी कार्यालयमा ड्युटिमा रहेका उनिमाथि ४ जना युवा समुहले आक्रमण गरेका हुन् । माथिको निर्देशन अनुसार ३ जना चढेको वा तिब्र गतिमा रहेका सवारी साधन होल्ड गर्न गरिएको निर्देशन अनुसार कोपवाबाट मनहरापुरतर्फ जादै गरेको लु १४ प ७३३ नं।को मोटरसाईकल मा कार्यालय अगाडी नै ३ जना सवार भई आएपछी उहाँले रोकेर कार्यालय भित्र ल्याउन खोज्दा कार्यालयमा नै उहाँमाथि आक्रमण भएको प्रत्तक्षदर्शीले बताएका छन् ।
प्रहरीले आक्रमण गर्ने कोपवा ५ औरहियाका राज कुमार थारु,रवि थारु,कपिलवस्तु नगरपालिका ९ का सुरज चौधरी, रुपन्देही सैनामैना ९ बस्ने सोनाम चौधरी लाई पक्राउ गरि म्याद थप भई कार्बाहि प्रकृया अगाडी बढाएको ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक दिनेश गुरुङ्गले बताउनु भयो ।आक्रमणबाट के।सी को पोशाक च्यातिएको छ भने नेम प्लेट र व्याच पनि उछिट्टीएको बताईएको छ । ३ जनालाई रोकेपछी उनिहरुले अन्य साथिहरुलाई पनी फोन गरेर बोलाएको बताईएको छ । मुलुकी संहिता २०७४ अन्र्तगतको परिक्षेत ५ मा सार्वजनिक हित स्वास्थ्य सुरक्षा सुविधा र नैतिकता विरुद्धको कसुर आर्कषित हुने संविधानमा व्यवस्था छ ।