Connect with us
Kapilvast Forest

लागुऔषध मुद्दाका फरार प्रतिवादी ९ वर्षपछि पक्राउ

२०७८, ५ आश्विन मंगलवारमा प्रकाशित

pakrau

लमजुङ – जिल्ला प्रहरी कार्यालय लमजुङले ९ वर्षदेखि फरार रहेका लागुऔषध मुद्दाका प्रतिवादीलाई पक्राउ गरेको छ ।बेँसीसहर नगरपालिका(७ बस्ने ३२ वर्षीय रवीन्द्र घलेलाई सोमबार गाउँमै लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउमा परेका रवीन्द्रविरुद्ध जिल्ला अदालत लमजुङले ४ वर्ष ६ महिना २९ दिन कैद र तीन हजार जरिवाना हुने फैसला सुनाएको थियो ।घलेलाई जिल्ला अदालतमा पेस गरी कैद भुक्तानीको लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले बताउनु भयो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu