Connect with us
Kapilvast Forest

माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु

२०७८, ७ आश्विन बिहीबारमा प्रकाशित

विराटनगर- खोलामा विद्युत प्रवाह गरेर माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मोरङको बूढीगंगा स्थित त्रिजुगा खोलमा माछा मार्ने क्रममा स्थानीय कामलिस माझीको बुधवार बेलुकी मृत्यु भएको हो । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईका अनुशार, करेन्ट लागेर घाइते भएका माझीको कोसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

बुढीगंगा गाउँपालिका–६ सैतानपुरका माझीले आफ्नै घरबाट खोला सम्म लाइन लगेका थिए । खोलामा करेन्ट प्रवाह गरेर माछा मार्नु गैरकानुनी हो । घटनाबारे थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu