Connect with us
Kapilvast Forest

त्रिशूलीमा कार खस्यो, तीन जना बेपत्ता

२०७८, ८ आश्विन शुक्रबारमा प्रकाशित

 

चितवन — पृथ्वी राजमार्गको मुग्लिननजिक बिहीबार राति त्रिशूली नदीमा कार खस्दा तीन जना बेपत्ता भएका छन् । इच्छाकामना गाउँपालिका–५ नाग्दी खोलाबाट ग२च ४९१८ नम्बरको कार त्रिशूलीमा खसेको हो ।

त्रिशुलीमा खसेको कारको अघिल्लो भाग । कार नदीमा बेपत्ता छ ।
घटनामा कार चालकसहित तीन जना बेपत्ता भएको चितवन प्रहरीले जनाएको छ । कारमै रहेका पोखरा–१७ का ४६ वर्षीय रुद्रलाल सुवेदीको भने उद्धार भएको छ । उनको भरतपुरस्थित पुरानो मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

 

उक्त कार काठमाडौंबाट पोखरा जान मुग्लिनतर्फ आइरहेको जानकारी प्राप्त भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ९डीएसपी० सूर्यबहादुर थापाले बताउनु भयो । ‘चितवन प्रहरीले राति पौने २ बजेतिर घटनाको जानकारी पाएको हो,’ उहाँले भन्नु भयो , ‘राति ११–१२ बजेको बीचमा घटना भएको हुन सक्छ ।’

कारसँगै बेपत्ता हुनेमा चालक कास्कीको पोखरा महानगरपालिका–१७ का प्रेमबहादुर भुजेल, सोही ठाउँका लेखबहादुर भुजेल तथा ईश्वरी भुजेल रहेको डीएसपी थापाले जानकारी दिनु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu