सप्तरीमा पोखरीमा डुबेर तीन वर्षीय बालककाे ज्यान गयाे
सप्तरी – सप्तरीमा पोखरीमा डुबेर तीन वर्षका बालकको ज्यान गएकाे छ । सप्तरीको विष्णुपुर गाउँपालिका वडा न.५ मा पोखरीमा डुबेर बिहान बालककाे ज्यान गएको छ ।
घर नजिकैको पोखरीमा डुबेर मोहम्मद आजादका ३ वर्षीय छोरा रहमत अलिको ज्यान गएको हो ।उनी खेल्दै गर्दा लडेर पोखरीमा परेका जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।