वायुसेवा सञ्चालक संघको अध्यक्षमा क्याप्टेन थापा
काठमाडौं– क्याप्टेन रामेश्वर थापा निजी वायुसेवाको छाता संगठन वायुसेवा सञ्चालक संघ नेपाल (एओएएन) को अध्यक्षमा चयन भएका छन् । यसअघि संघको दुई कार्यकाल बिताएका थापा संघको अध्यक्षमा तेस्रो पटक चयन भएका हुन् ।
संघको शुक्रबार राजधानीमा सम्पन्न १९औं वार्षिक साधारण सभाले थापाको अध्यक्षतामा दुई वर्षका लागि १३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो।
सिम्रिक एयरका अध्यक्ष क्याप्टेन थापाको अध्यक्षतामा तय भएको उक्त कार्य समितिको प्रथम उपाध्यक्षमा यति एयरलाइन्सका अनोज रिमाल, द्वितीय उपाध्यक्षमा सौर्य एयरलाइन्सका गोपाल भट्टराई, महासचिवमा समिट एयरका मनोज कार्की, सचिवमा मनाङ एयरका राजु न्यौपाने र कोषाध्यक्षमा बुद्ध एयरका रुपेश जोशी छनोट भएका छन्। कार्य समिति निर्विरोध चयन भएको हो।
कार्य समिति सदस्यहरूमा समिट हेलिकप्टरका क्याप्टेन दिपक जे.वि. राणा, हेली एभरेष्टका योगराज कँडेल शर्मा, एयर डाइनेष्टी हेली सर्भिसेजका बालकृष्ण पण्डित, अल्टिच्यूड एयरका निमा नुरु शेर्पा, कैलाश हेलिकप्टरका वरुण ज्ञवाली, प्रभु हेलिकप्टरका सुवास अमात्य र सिम्रिक एयरलाइन्सका प्रज्वल थापा चयन भएका हुन्।