Connect with us
Kapilvast Forest

भारतबाट मजदुरी गरेर फर्केका युवा सीमा नाकामा लुटिए

२०७६, १४ भाद्र शनिबारमा प्रकाशित

कञ्चनपुर । कञ्चनपुरको गड्डाचौकी नाकामा लुटिएका एक नेपाली युवकको उद्धारका लागि सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको टोली यहाँ आइपुगेको छ।

कञ्चनपुरको गड्डाचौकीबाट शनिबार बिहान भारतमा मजदूरी गरेर घर फर्किरहेका कैलालीको घोडाघोडी नगरपालिकाका हेमन्त बुढामगरको नगद र सामान लुटिएको छ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले गड्डाचौकीमा हालै स्थापना गरेको सीमा सहायता कक्षको सम्पर्कमा आएका युवक बुढामगरको उपचार एवं उद्धारका लागि मन्त्रालयका निमित्त सचिव तेजप्रकाश जोशी यहाँ आइपुगेका हुन्।

महाकाली अञ्चल अस्पतालमा उपचारका लागि युवकलाई ल्याइएको भन्दै निमित्त सचिव जोशीले घटनाको सघन अनुसन्धान र लुटपाट गर्ने गिरोहलाई कानूनी दायरामा ल्याउन पहल गर्ने बताए।

‘सीमा सहायता कक्षबाट खबर पाउनासाथ हामी युवकको उद्धारका लागि आएका हौँ।’ उनले भने,‘अहिले युवक अर्धचेत अवस्थामा भएकाले घटनाको पूरै विवरण लिन सकिएको छैन।’

प्रदेशको कानून मन्त्रालयले कञ्चनपुरको गड्डाचौकी र कैलालीको धनगढीस्थित त्रिनगर भन्सार नाकामा सीमा सहायता कक्ष स्थापना गरी सञ्चालनमा ल्याएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj