Connect with us
Kapilvast Forest

९ सदस्यीय किशाेरी मञ्च कपिलवस्तु गठन

२०७८, १० आश्विन आईतवारमा प्रकाशित

शारदा के.सी. कपिलवस्तु, न्यायपुर्ण र बिभेदरहित समाज भन्ने मुल नाराका साथ किशाेरी अधिकार मञ्च कपिलवस्तुकाे दाेस्राे साधारण सभा र प्रथम अधिवेशन सम्पन्न भएकाे छ । कपिलवस्तु जिल्लाका १० पालिकाका किशाेरीहरूकाे मञ्च गठन भएकाे थियाे । साधारण सभामा तथा प्रथम अधिवेशन किशाेरी मञ्च किपलवस्तु कि अध्यक्ष साधना हरिजनकाे अध्यक्षतामा सम्पन्न भएकाे हाे । अधिवेशनमा गथ अार्गिक बर्ष २०७७/०७८ काे बार्षिक प्रगती प्रतिवेदन मञ्चका सचिव अक्षिता शुक्लाले प्रस्तुत गर्नु भएकाे थियाे , अार्थिक प्रतिवेदन मञ्चका काेषाध्यक्ष बिनु चाैधरीले प्रस्तुत गर्नु भएकाे थियाे भने साे अधिवेशनमा किशाेरी अधिकार मञ्चकाे अार्थिक बर्ष २०७८/०७९ काे याेजनाहरू प्रस्तुतिकरण गरि अनुमानित अनुमाेदन समेत गरिएकाे छ ।

गत अार्थिक बर्षकाे कुल अाय रकम रू १९९००० रहेकाे र व्याय पनि १९९००० रहेकाे छ । किशाेरी मञ्चकाे अागामी अार्थिक बर्ष २०७८/०७९ का लागि याेजनाहरू १. संजालिकरण, २. प्रस्तावना पेस, ३. क्षमता अभिबृद्रि तालिम, ४.सिकाई अादान प्रदान तथा भर्मण कार्यक्रम, ५. बालिकाहरूकाे न्यायिक समिति वडा अध्यक्ष तथा सराेकारवालाहरू संग सम्वाद, ६.बालिका सम्मेलन, ७.नमुना सांसद कार्यक्रम सञ्चालन, ८.मुख्य मन्त्री संग अन्तरक्रिया , ९.अन्तर पुस्ता सम्वाद हरू हुने भएका छन । प्रस्तुत याेजना तथा अार्थिक प्रतिवेदन सर्वसहमत पारित समेत गरिएकाे छ ।

कार्यक्रममा महिला अधिकार सम्बन्धि थारू नित्य,बिद्यालयमा हुने बिद्यार्थी बिच प्रध्यापकले गरिने याैन हिंसात्मक अबधि नाटक, अात्म रक्षा सम्बन्धि एक प्रस्तुतिकरण समेत भएका थिए । किशाेरीहरूका लागि अाफ्नाे पालिकाले सधैब कार्यक्रम गर्दै अाएकाे मायादेवि गाउपालिका अध्यक्ष बजरंगि प्रसाद कुर्मीले बताउनु भयाे । पालिकाले याे बर्ष पनि किशाेरी अधिकारका कार्यक्रमहरू गर्ने र संगै मञ्च संग मिलेर जाने बताउनु भयाे । प्रमुख जिल्ला अधिकारी चक्रपाडी पाण्डेले जिल्लामा हुने लैङ्गिक हिंसाकाे नियुनिकरण गरेर जान किशाेरी मञ्चले भुमिका खेल्नु पर्ने बताउनु भयाे ।

जिल्लामा पछिल्लाे समय याैन दुर्ववहारका घटना घटिरहेका बेला अब मञ्चले भुकिका खेल्नु पर्ने बताउनु भयाे । कपिलवस्तु जिल्लाका सबै पालिकाहरूमा समन्वय गरेर किशाेरीहरूलाई जिवनउपयाेगिताका सिपहरू पनि सिकाउन पर्ने र अाफ्ना हक अधिकारका लागि लड्न अघि सार्नु पर्ने जिल्ला समन्वय समितिका उप सभापति तारा थारूले बताउनु भयाे । कपिलवस्तु नगरपालिकाले किशाेरीहरूका लागि निरन्तर कार्यक्रमहरू गर्दै अाएकाे कपिलवस्तु गरपालिका उपप्रमुख लक्ष्मि गुप्ताले बताउनु भयाे । शारदा के.सी. काे सम्याेजकत्वमा बिन्दबासीनी हरिजन,संगिता चाैरसीया सहितकाे निर्वाचन समितिले अध्यक्ष अक्षीता शुक्ला , उपाध्यक्ष सुमित्रा मुराउ, सचिव विनु चाैधरी, सह सचिव सिला नेपाली, काेषाध्यक्ष निलम हरिजन, सदस्यहरूमा गुडिया यादव,सिला यादव,अञ्जु चाैहान,सिर्जना चाैधरी सहितकाे ९ सदस्य गठन भएकाे छ ।

नव निर्वाचनत समितिलाई २ जना मनाेनित गर्ने जिम्मेवारी समेत दिएकाे छ । किशाेरी मञ्च कपिलवस्तुकि अध्यक्ष साधना हरिजनकाे अध्यक्षतामा भएकाे कर्यक्रममा प्रमुख अतिथि कपिलवस्तु नगरपालिका उपप्रमुख लक्ष्मि गुप्ता,बिशिस्ट अतिथिमा कपिलवस्तु जिल्ला प्रमुख चक्रपाडी पाण्डेय, जिल्ला समन्वय समितिका उपसंयाेजक तारा थारू,अतिथिहरूमा मायादेवि गाउपालिका अध्यक्ष बजरंगी प्रसाद कुर्मी,कपिलवस्तु नगरपालिका वडा न. २ का वडा अध्यक्ष रामभजन कलवार,पुस्पा रेग्मी लगाएत रहनु भएकाे थियाे ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu