नेपाल ट्रेड युनियन काँग्रेस शिवराज नगर अध्यक्षमा रेग्मी
सनिउल्ला धोबी, कपिलवस्तु भद्रा १४
नेपाल ट्रेड युनियन काग्रेस शिवराज नगर समीती गठन भएको छ । नेपाल टेड युनियन काग्रेस शिवराज नगर अध्यक्ष मेघराज रेग्मीको अध्यक्षतामा १३ सदस्यीय नया कार्य समीती चयन भएको छ । जसको उपाध्यक्षमा रमेश सुवेदी, रिन्कु थापा, सचिव शिव गैरे, सहसचिव तुल्सीराम पाण्डे, कोषाध्यक्ष रमेश घर्ती रहनु भएको छ ।
सदस्यहरुमा रन्जीत चौधरी, भोला नाउ, सन्जय राना लगायत रहनु भएको छ । नव गठीत समीतीले शिवराज क्षेत्र भित्रका नेपाल टेड युनियन काग्रेसको हितमा काम गर्ने अध्यक्ष रेग्मीले जानकारी दिनुभयो ।
नेपाल टेड युनियन काग्रेस कपिलवस्तुको अध्यक्ष बाल कुमारी अधिकारीका अध्यक्षता, नेपाली काग्रेस कपिलवस्तुका सचिव प्रेम बहादुर रायमाझीको प्रमुख अतिथ्यिता रहेको थियो ।
कार्यक्रम जिल्ला सदस्य हुमाकन्ता खनाल, केसरी चौधरी, भानुभक्ता बराल, पुर्व सचिव विनोद नेपाल, काग्रेस नेता कृष्ण पौडेल, हरी पोखरेल, युवा नेता अजय थापा, शिवराज नगर सभापती मधु सुदन पोखरेल, शिवराज नगर सचिव कृष्ण थापा लागायतले शिवराज नगरपालिका भित्र नेपाल टेड युनियन काग्रेस विस्तार गर्न पर्ने बताएका थिए ।