कांग्रेस शिवराजको सभापतिमा मधु पोख्रेल निर्वाचित
कपिलवस्तु-
नेपाली कांग्रेस शिवराज नगरपालिकाको नगर सभापतिमा मधु पोख्रेल निर्वाचित हुनुभएको छ । बुधबार भएको नगर अधिवेशनमा पोख्रेल सभापतिमा निर्वाचित हुनुभएको हो ।
उहाँले आफ्ना प्रतिस्पर्धी राजु खराललाई ३१ मतले पछि पार्दै नगर सभापति जित्नुभएको हो । पोख्रेल शिवराज नगरका पूर्व पार्टी सभापति समेत हुनुहुन्थ्यो ।कांग्रेस शिवराजको सभापतिमा मधु पोख्रेलले ११८ मत ल्याउनु भएको छ भने उहाँका प्रतिस्पर्धी राजु खरालले ८७ मत प्राप्त गर्नु भएको छ ।