Connect with us
Kapilvast Forest

नेपाल स्वयंसेवक संघ कपिलवस्तुको तिज मिलन कार्यक्रम सम्पन्न

२०७६, १५ भाद्र आईतवारमा प्रकाशित

 
राष्ट्र प्रेमी युवाहरुको नेपाल स्वयंसेवक संघ जिल्ला कमिटी कपिलवस्तु ले तिज मिलन तथा जिल्ला भेला कार्यक्रम आज कपिलवस्तु को चार नम्बर द गार्डेन होटलमा सम्पन्न गरेको छ । कार्यक्रम मा बोल्ने वक्ताहरुले नेपाली जनताहरुलाई यो त्यो राजनीतिक दलको आधार मा नभए र मानवताको हिसाब ले यश संघले आवस्यक परेको बेला सहयोग गर्ने र नेपाल मा मौलाएको भष्ट्राचार लाई अन्त्य गर्न पहिला जनता सचेत हुनु पर्ने बताएका छन ।
आफ्नो राजनीतिक दलले गरेको गलत कार्यलाई लुकाउने र समर्थन गर्न नहुने र राम्रो गर्ने लाई सम्मान र साथ दिनु पर्ने मा जोड दिदै नेपाल जनता लाई राजनीतिक दलका अन्धा भक्त नबनी राम्रो र नराम्रो छुटाएर मात्र समर्थन गर्न अनुरोध गरेका छन् । नेपाल स्वयंसेवक संघले मात्र राष्ट्र र नेपाल जनताको भलो हुने कार्य गर्ने ।
राष्ट्र लाई कुनै एक क्षेत्रबाट मात्र नभएर सम्पुर्ण क्षेत्रमा विकास गर्न सहयोग गर्ने । आफू हरुले केवल राष्ट्रिय एजेन्डा मात्र आत्मसात गरेको पनि जानकारी दिए। कार्यक्रम राष्ट्रिय गायिका मालती खरेल संगै तिजमय बनेको थियो। कार्यक्रम मा नेपाल स्वयंसेवक संघ कि केन्द्रिय उपाध्यक्ष एव राष्ट्रिय गायिका मालती खरेल को प्रमुख अथिती रहनु भएको थियो भने विशिष्ट अथितीहरुमा होटल व्यवासायी कपिलवस्तुका महासचिव एवं त्यसै संघका सदस्य रविन्द्र पौडेल, त्यस्तै सागर पौडेल रहनु भएको थियो ।
संघका सदस्य जन्जीत पुरुष को अध्यक्षता मा भएको कार्यक्रममा ५० जना भन्दा बढिको उपस्थिति रहेको थियो। संघका केन्द्रिय वरिष्ठ सदस्य राजु गैरेको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन नेपाल स्वयंसेवक संघका केन्द्रिय सदस्य आश्विन कार्कीले गर्नु भएको थियो । यसै संघकाे युवा संगठन का केन्द्रीय प्रवक्ता राज अधिकारी र संस्थापक खेमराज पाैडेल काे सहयाेग मा कार्यक्रम सम्पन्न भएको थियाे ।
Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu