Connect with us
Kapilvast Forest

प्रधानमन्त्रीको आह्वानमा आज सर्वदलीय बैठक

२०७८, १४ आश्विन बिहीबारमा प्रकाशित

 

 

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ । संघीय संसदमा जारी अवरोध अन्त्यका लागि देउवाले सर्वदलीय बैठक आह्वान गर्नु भएको हो ।

बैठक बिहान १० बजे प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने देउवाको सचिवालयले जनाएको छ । बैठकमा संसदमा भएका सबै दललाई डाकिएको छ । सचिवालयका अनुसार बैठकमा संसदको अवरोध अन्त्य गर्ने विषयमा छलफल हुनेछ ।

यसअघि संसद् अवरोध रोक्न सभामुखले बोलाएको सर्वदलीय बैठक वहिष्कार प्रमुख विपक्षी एमालेले प्रधानमन्त्रीले डाकेको सर्वदलीय बैठकमा जाने एमाले नेता देवेन्द्र दाहालले जानकारी दिनु भयो । राष्ट्रियसभा सदस्यसमेत रहेका दाहालले भन्नु भयो ’प्रधानमन्त्रीले डाकेको सर्वदलीय बैठकमा जान्छौँ, आफ्ना कुरा राख्छौँ ।’

आफूले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेर सभामुखले दल विभाजनमा सहयोगी भूमिका खेलेको भन्दै एमालले संसदको चालु अधिवेशनमा अवरोध गर्दै आएपछि प्रधानमन्त्री देउवाले विपक्षी दललाई विश्वासमा लिने रणनीति बनाउनु भएको हो । यसका लागि उहाँले दुई पटक कानून मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पठाएर पनि सम्बन्ध सुधारको प्रयत्न गर्नु भएको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu