Connect with us
Kapilvast Forest

गौतमबुद्ध विमानस्थलमा राखिने साढे २ अर्बको बुद्धमूर्ति कोलाकता आइपुग्यो

२०७८, १६ आश्विन शनिबारमा प्रकाशित

 बार्सिलोना – भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिने करिब साढे २ अर्ब रुपैयाँ बराबरको बुद्धमूर्ति कोलकाता आइपुगेको छ। बुद्धमूर्ति म्यान्मारबाट हङकङ हुँदै कोलकाता बन्दरगाहमा आइपुगेको हो।

‘म्यान्मारस्थित खानीसम्बन्धी कम्पनी मालविन ग्रुपले स्पेनको लुम्बिनी गार्डेन फाउन्डेसनलाई दिएको बुद्धमूर्ति हो। फाउन्डेसनलाई नेपाल सरकारलाई हस्तान्तरण गर्दै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राख्ने हाम्रो योजना हो,’ फाउन्डेसनका महासचिव गिरीले अनलाइनखबरलाई भने ।

 

गिरिका अनुसार १ हजार ८ सय केजी तौल भएको मूर्ति १.९ मिटर उचाइ र ६० सेन्टिमिटर चौडाइको रहेको छ।’ बहुमूल्य धातु ‘ह्वाइट जेड’ बाट बुद्धमूर्ति बनेकाले यो महङ्गो हुन गएको हो,’ उनले भने। कागाजी प्रक्रिया मिलाएर दुई साताभित्र बुद्धमूर्ति नेपाल आइपुग्ने फाउन्डेसनले जनाएको छ।

बुद्धमूर्ति अनावरणका लागि राष्ट्रपतिलाई निमन्त्रणा

फाउन्डेसनले बुद्धमूर्ति अनावरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई निमन्त्रणा दिएको छ। बिहिबार फाउन्डेसनका पदाधिकारीहरुले राष्ट्रपति भण्डारीलाई शीतलनिवासमा भेटवार्ता गर्दै निमन्त्रणा दिएका हुन्। भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिने बुद्धमूर्तिको कार्तिक १४ मा अनावरण गरिने कार्यक्रम रहेको छ।

‘फाउन्डेसनले नेपाल र विशेष गरी लुम्बिनीको सेरोफेरोमा गर्न खोजेका कामहरू लगायत विविध गतिविधि बारेमा राष्ट्रपतिलाई जानकारी दियौं । उहाँले नेपालका लागि काम गरेकोमा खुशी व्यक्त गर्दै धन्यबाद दिनुभयो,’ फाउन्डेसनका महासचिव एकराज गिरीले भने। बुद्वको शान्ति सन्देशलाई संसारभर फैलाउने फाउन्डेसनको अभियानलाई राष्ट्रपतिले मुक्तकण्ठले प्रंशसा गरेको उनले बताए।

राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनी गार्डेन फाउन्डेसनका गतिविधिबारे चासो व्यक्त गरेकी छिन्। स्पेनको एक्स्त्रेमादुरा प्रदेशको क्याथेरेस शहरमा बन्ने लुम्बिनी गार्डेन बनाउने योजनाबारे राष्ट्रपति भण्डारी चासो व्यक्त गरेकी हुन्।

लुम्बिनी गार्डेन फाउन्डेसनले झन्डै १० अर्व रुपैयाँ खर्च गर्दै सो नगरमा गार्डेन बनाउने एक महत्वकांक्षी योजना अघि सारेको छ। राष्ट्रपतिसँगको भेटवार्तामा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, सांसद सूर्य पाठक,फाउन्डेसनका अध्यक्ष खोसे म्यानुअल भिलानोभा,उपाध्यक्ष गोविन्द सुबेदीलगायतको उपस्थिति रहेको थियो।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu