Connect with us
Kapilvast Forest

नेकपा (एस) निकट अनेरास्ववियू कपिलवस्तुको अध्यक्षमा अनुरागी

२०७८, १६ आश्विन शनिबारमा प्रकाशित

कपिलवस्तु-

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट अनेरास्ववियू कपिलवस्तुको जिम्मेवारी दिपक अनुरागीले पाउनुभएको छ ।जिल्ला पार्टीको पहिलो बैठकले नै अनुरागीलाई अध्यक्षको जिम्मेवारी दिएको भएपनि शनिबार भएको जिल्लाको अगुवा कार्यकर्ता भेलाले उहाँको अध्यक्षतामा ५१ सदस्यिय जिल्ला कमिटी घोषणा गरेको हो ।

जसको उपाध्यक्षमा सम्झना चौधरी, सचिवमा रामप्रसाद पौडेल, सह सचिवमा गीता रेग्मी, कोषाध्यमा कमल बेल्वासे रहनुभएको छ । भेलाले ५१ सदस्यिय जिल्ला कमिटी घोषणा गरेको अनेरास्ववियू कपिलवस्तुका अध्यक्ष अनुरागीले जानकारी दिनुभयो ।

तत्कालिन नेकपा निकट अनेरास्ववियूको समेत संयोजक हुनुभएका अनुरागी लामो समय देखि विद्यार्थी आन्दोलनमा जोडिदै आउनुभएको छ ।

जिल्ला कमिटी घोषणासभामा युवा संघ नेपालका केन्द्रीय अध्यक्ष नरेश शाही, नेकपा (एस) का लुम्बिनी प्रदेश कमिटीका सदस्य क्षेत्र बहादुर खत्री, अहमद अब्दुल रउफ, युवा संघ नेपालका केन्द्रीयउप महासचिव सरिता श्रीस, अनेरास्ववियूका केन्द्रीय सचिव सुशील पौडेल, युवा संघ नेपालका लुम्बिनी प्रदेश कमिटी अध्यक्ष किशोर थापा, सचिव चन्द्रकान्त न्यौपाने लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu