मुद्दा चलिरहेको जग्गा मिलाइदिन्छु भन्दै १ लाख घुस लिने पक्राउ
बारा । मालपोत कार्यालयका पूर्व कर्मचारी घुससहित पक्राउ परेका छन् । मोलपोतका पूर्व नायब सुब्बा हरिमोहन सिंह क्षेत्री अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सोमबार घुससहित पक्राउ परेका हुन् ।
क्षेत्री सरकारी सेवाबाट निवृत भएपछि बारा मालपोल कार्यालयमा सहयोगी (बिचौलिया)को भूमिकामा कार्यरत थिए । उनलाई मुद्दा चलिरहेको विवादास्पद जग्गा मिलाइदिने भन्दै सेवाग्राहीसँग १ लाख रुपैयाँ लिँदैगर्दा पक्राउ गरिएको अख्तियारले जनाएको छ ।