कपिलबस्तुमा लागुऔषध सहित २ जना पक्राउ
कपिलबस्तु, १७ भाद्र । जिल्लाको कृष्णनगरबाट लागु औषध सहित २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कृष्णनगर नगरपालिका १ सेमरा बस्ने १९ बर्षिय अंकित यादव र जिल्ला पाल्पा तानसेन नगरपालिका वडा नं.१० तेल्घा घर भई हाल कृष्णनगर नगरपालिका वडा नं.०२ बस्ने बर्ष २३ को प्रकाश कुवँरलाई प्रहरीले पक्राउ गरेका छ ।
उनिहरुको साथबाट नाइट्राभेट २ पत्ता, स्पास्मो ३ पत्ता र कोरेक्स १०० एम एलको १ सि सि बरामद भएको प्रहरीले जनाएको छ । उनिहरुलाई शंका लागि चेक जाँच गर्ने क्रममा उक्त लागुऔषध फेला पारेको प्रहरीले बताएको छ । उनलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।