Connect with us
Kapilvast Forest

सर्वोच्च अदालतमा आज १५ जना न्यायाधीशको इजलास, सबै मुद्दा बन्दी प्रत्यक्षीकरणका

२०७८, १७ कार्तिक बुधबारमा प्रकाशित

काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले १५ जना न्यायाधीशहरूका लागि इजलास तोक्नु भएको छ । उहाँले ६ वटा संयुक्त र तीनवटा एकल इजलास तोक्नु भएको हा । कुल ९ वटा इजलासमा उनले ९ वटा बन्दी प्रत्यक्षीकरणको मुद्दामात्रै तोक्नु भएको छ ।

एउटा एकल र अर्को संयुक्त इजलासमा यी सबै मुद्दा तोक्न सकिने अवस्था रहे पनि प्रधानन्यायाधीश जबराले धेरै संख्यामा इजलास सञ्चालन भएको सन्देश प्रवाह गर्न एउटा इजलासमा एउटाभन्दा बढी मुद्दा राखेका छैनन् ।

 

सर्वोच्च अदालतका असन्तुष्ट न्यायाधीशहरूले प्रधानन्यायधीश जबराले आफ्नो इजलास नतोक्न र इजलासमा बन्दी प्रत्यक्षीकरण बाहेकका निवेदन नहाल्न आग्रह गर्नु भएको थियो ।

मंगलबार बैंकिङ कसुरको मुद्दा पेसीमा चढेपछि न्यायाधीशहरूले कुनै पनि मुद्दा सुनुवाइ गर्नु भएन । त्यसैले बुधबार आज प्रधानन्यायाधीश जबराले बन्दी प्रत्यक्षीकरणको बाहेक कुनै निवेदन पेसीमा तोक्नु भएन । विहीबारदेखि भने चार दिन तिहार बिदा हुनेछ ।