४८ थान कौडासहित १८ जना जुवाडे पक्राउ
काठमाडौं -काठमाडौं ४८ थान कौडासहित १८ जना जुवाडे पक्राउ परेका छन् ।गएराति काठमाडौंको नयाँबस्तीबाट उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार उनीहरुको साथबाट ६ लाख ३२ हजार ५ सय रुपैयाँ पनि बरामद गरिएको छ ।चाडपर्वमा जुवा तास खेल्ने प्रवृत्ति बढ्दै गएकाले यसलाई रोक्न प्रहरीले कारबाही अभियान चलाइरहेको छ।