Connect with us
Kapilvast Forest

प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने ९ कारण

२०७८, २१ कार्तिक आईतवारमा प्रकाशित

 

काठमाडौँ — सर्वोच्च अदालत बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले पदबाट राजीनामा दिनुपर्ने ९ वटा आधार अगाडि सारेको छ । नेपाल बार एसोसिएसनले आइतबार देशका विभिन्न बार इकाईसँग गरेको छलफलका क्रममा सर्वोच्च बारले जबराले पद छाड्नुपर्ने कारण दिएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा । फाइल तस्बिर ।
गत कात्तिक ८ मा नै सर्वोच्च बारले प्रधानन्यायाधीश जबरा सम्पूर्ण रूपले असफल भइसकेको निष्कर्षसहित उनले पद छाडेर निकास दिनुपर्ने निर्णय गरेको थियो । आइतबार नेपाल बारसँगको छलफलमा क्रममा सर्वोच्च बारले आफ्नो अघिल्लो निर्णय गर्नुको कारण दिएको हो। सर्वोच्च बारका सचिव ऋषिराम घिमिरेले नेपाल बारसँगको छलफलमा जबराको राजीनामा माग गर्दै उनलाई ज्ञापनपत्र बुझाउन सुझाएको बताए । उनका अनुसार सर्वोच्च बारले जबराको राजीनामा मग गर्नुपर्ने आधार कारण उल्लेख गर्दै नेपाल बारलाई दिएका सुझाव

 

यस्ता छन् :

१) तीन वर्षको लामो अवधिमा न्यायिक नेतृत्वमा बस्ने अवसर पाएर पनि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नियुक्ति हुँदा सार्वजनिक रूपमा व्यक्त गरेका कुनै पनि प्रतिवद्धता कार्यान्वयन नगरेको ।

२) न्यायलयभित्र न्यायाधीशहरूका बीचमा गुटबन्दी सिर्जना गरी आपसी कलह, द्धेष र वैमनस्यता सिर्जना गरेको ।

 

३) न्यायाधीशहरूबीचमा मतभेद, द्वन्द्व र विभाजन सिर्जना गरी न्यायलयलाई कमजोर बनाएको र हुर्मत लिने काम गरेको ।

४) नेपालको न्यायिक इतिहासमै न्याय प्रशासनलाई सबैभन्दा बढी विवादित, अपारदर्शी, विसंगतियुक्त र विकृत बनाएको ।

५) राजनीतिक दल तथा सरकारसँग आफ्ना निहित स्वार्थको सौदाबाजी गरी संविधानको आत्माको रूपमा रहेकोस्वतन्त्र न्यायपालिका, संविधानवाद, शक्ति पृथकीकरण र शक्ति सन्तुलनको सिद्धान्त, मूल्य र मान्यतालाई क्षतविक्षत बनाएको ।

६) न्यायलयमा हुने गरेको विकृति, बिसंगति र भ्रष्टाचारलाई निर्मलीकरण गर्ने र न्याय प्रशासनलाई सुधार गर्ने सम्बन्धमा कुनै पनि प्रतिवद्धता र वाचा पूरा नगरेको ।

७) न्यायपालिकामा हुनसक्ने विकृति, विसंगति, अनियमितता वा भ्रष्टाचार एवंम् विचौलियाबाट हुनसक्ने कार्यक्रम रोकथामका लागि कानूनी, संरचनागत लगायत उपायहरूसहितको प्रतिवेदन र सुझावहरूको कार्यान्वयनको लागि जिम्मेवारीसहितको कार्ययोजना पेश गर्न बनेको समितिले सार्वजनिक गरेको प्रतिवेदनलाई कार्यान्वयन गर्नुको साटो उपहासको विषय बनाएको ।

८) नेपाल बार एसोसिएसन, सर्वोच्च अदालत बार एसोसिएसन, इमान्दार र स्वच्छ छवीका न्यायकर्मी र न्याय क्षेत्रका सम्मानित व्यक्तित्वहरूले पटक पटक उठाउँदै आएको जायज माग र सरोकारलाई वेवास्ता गरेको ।

९) न्यायियक नेतृत्वका लागि आवश्यक न्यायिक गुण तथा कार्यक्षमता, असल आचरण, व्यवहार र चरित्रको अभाव रहेको ।

 

सर्वोच्च बारले जबरा पदमा बसिरहँदा उक्त पद र न्यायालयको गरिमा समाप्त हुने, न्यायलयको शाखमा अपूरणीय क्षति पुग्ने, मुलुकको लोकतन्त्र र संविधानको भविष्य नै समाप्त हुनसक्ने भन्दै तत्काल पदबाट राजीनामा दिनुपर्ने ठहर गरेको हो।

आइतबार नेपाल बारले गरेको छलफलमा ४० वटा बार ईकाइका अध्यक्ष र सचिव सहभागी थिए। तीमध्ये अधिकांशले प्रधानन्यायाधीश जबराका विरूद्धको आन्दोलनलाई देशव्यापी बनाउनुपर्ने धारणा राखेका थिए ।

 

कान्तिपुर 

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu