अग्नि पिडितलाइ एक लाख सहयोग
कपिलवस्तु-गएराति आगलागी बाट पुर्ण रुपमा क्षति भएका दुई पसललाई एक लाख सहयोग जुटेको छ । ब्यापार संघ कपिलवस्तुद्वारा ५० हजार र चेम्बर्स अफ कर्मसका केन्द्रिय सदस्य महादेव प्रोख्रेलले ब्यक्तिगत रुपमा ५० हजार गरी एक लाख सहयोग जुटेको छ ।
ब्यापार संघले आज विहान बैठक आवहन गरी आगलागी भएका दुई पसललाई सहयोग गर्ने निर्णय गरेको संघका वरिष्ठ उपाध्क्ष जगत पौडेलले जानकारी दिनु भयो थियो । निर्णय लगतै ब्यापार संघले आगलागी स्थलमा पुगी अग्नि पिडित ब्यवासायी बाबुराम गीरी र बिष्णु भुषालाई चेक मार्फत ५० हजार रकम उपलब्ध गराएको हो ।
साथै ब्यापार संघले आफनो बैठकबाट अब हुने प्राकृतिक प्रकोपलाई ध्यानमा राख्दै प्रकोप तथा विपत ब्यवस्थापन कोष स्थापन गर्ने निर्णय गरेको छ ।