Connect with us
Kapilvast Forest

ईलाका प्रहरी कार्यालय गणेशपुरको भवन शिलान्यास

२०७८, २९ कार्तिक सोमबारमा प्रकाशित

कपिलवस्तु-कपिलवस्तुको विजयनगरमा रहेको इलाका प्रहरी कार्यालयमा भवन शिलान्यास भएको छ । सोमवार जिल्ला प्रहरी कार्यालयका प्रमुख दान बहादुर कार्कीले शिलान्यास गर्नुभएको हो । रोयल कन्ट्रक्सन धनगढि २ कैलालीले पाएको ठेक्का ०७९–२–१ मा सम्पन्न गर्ने भने बमोजिम १ बर्षे समझौता अनुसार आज शिलान्यास गरिएको छ ।

लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा संचार मन्त्रालय बुटवलको ०७७÷०७८ को स्वीकृत बजेट इलाका प्रहरी कार्यालय गणेशपुरको आफ्नै जग्गामा भवन बन्न लागेको हो । कार्यालयको अफिस,ब्यारेक, मेश समेत निर्माणको लागि मुल्य अभिवृद्धि कर सहित २ करोड ३६ लाख ४४ हजार २ सय ४२ रुपैया ३२ पैसामा बन्न लागेको प्राविधिक इन्जिनियर धुव्र अधिकारीले जानकारी दिनुभयो ।

ईलाका प्रहरी कार्यालय गणेशपुरको प्रर्याप्त तथा व्यवस्थित भवन नहुँदा काम काजमा असहज भइरहेको थियो । सो भवन बनेपछि हरेक कार्यमा सहजता आउने इलाका प्रहरी कार्यालयका प्रमुख रण बहादुर बिष्टले बताउनुभयो ।

शिलान्यास कार्यक्रममा गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा, वडा अध्यक्ष अनवर मोहम्मद मुसलमान  , दिनेश कुमार समाजसेवी राजेश उपाध्यक्ष, मोहम्मद रफिक कृष्ण कुमार  चौधरी लगाएतको विशेष सहभागीता रहेकोे थियो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu