Connect with us
Kapilvast Forest

एकीकृत समाजवादी अध्यक्ष नेपाल र पर्यटनमन्त्री आले डोटीमा

२०७८, १ मंसिर बुधबारमा प्रकाशित

डाेटी – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले डोटी आइपुग्नुभएको छ ।

डाेटीकाे सबैभन्दा ठूलो तथा धार्मिक तीर्थस्थल बडीकेदारमा आज बुधवार हुने ठूलाकेदार मेलाको पूजाका लागि उहाँहरू यहाँ आइपुग्नुभएको हो । हेलिकप्टरमार्फत यहाँ आइपुग्नुभएका उहाँहरूले आज बिहान सदरमुकाम सिलगढीमा रहेको अर्को प्रसिद्ध शैलेश्वरी मन्दिरमा पूजाआजा गर्नुभएको छ ।

साथै अध्यक्ष नेपाल र मन्त्री आले आजै बडीकेदार धार्मिक तीर्थस्थलमा पूजाआजा गरी फर्किने कार्यक्रम तय भएको मन्त्री आलेका प्रमुख स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार मन्त्री आलेले बडीकेदार क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका पदाधिकारीसँग बडीकेदारको थप प्रचारप्रसार र विकासका लागि छलफल गर्ने कार्यक्रम रहेको छ । सुदूरपश्चिमकै धार्मिक आस्थाको धरोहर तथा प्रसिद्ध बडीकेदारमा हरेक वर्ष तिहारपछिको चतुर्दशी तिथिमा मेला लाग्ने गर्दछ । बडीकेदारको ढुङ्गाको शिलामा पूजाआजा गर्ने गरिन्छ ।

शिवजीको प्रतिमूर्तिका रूपमा रहेको बडीकेदार शिला नजिकै ढुङ्गामा गाई र बाच्छाको मूर्तिसमेत रहेको छ । मूर्ति रहेको स्थान भौगोलिक रूपमा विकट अर्थात् भिरको बीचमा रहेको छ । यस मेलमा अहिले भारतको उत्तर प्रदेशबाट पनि भक्तजनहरू आउने गरेका बडीकेदार क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष देवबहादुर बोहराले जानकारी दिनुभयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu