थप ४ सय १२ जनामा संक्रमण पुष्टि, एक जनाको मृत्यु
काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा ४१२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कुल ११ हजार ९९३ जनामा भएको परीक्षणमा ४१२ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा २०२ जना कोरोनाभाइरस संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १८ हजार ३५ जना पुगेको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार २२३ जना पुगेको छ । संक्रमितमध्ये हालसम्म ७ लाख ९८ हजार ९१६ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा थप एक जना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा मृतकको कुल संख्या ११ हजार ४८३ जना पुगेको छ हाल देशभर सक्रिय संक्रमित ७ हजार ६३६ जना रहेका छन् ।