Connect with us
Kapilvast Forest

प्रधानन्यायाधीशमाथि छानबिन गर्न संसद बोलाउनुपर्छ : प्रकाशमान सिंह

२०७८, २ मंसिर बिहीबारमा प्रकाशित

parkash

 

 

काठमाडौं -नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि लागेको आरोप छानबिनका लागि संसद अधिवेशन बोलाउनुपर्ने बताउनु भएको छ ।

बिहीबार सम्पादकहरुसँगको छलफलमा उहाँले प्रधाानन्यायाधीशमाथिको आरोप संसदले छानबिन गर्नुुपर्ने बताउनु भएको हो । उहाँले अदालतमा देखिएको समस्याबारे सरकारले बोल्नुपर्ने पनि धारणा राख्नु भयो ।

 

प्रधानन्यायाधीश जबराले सरकारमा भाग खोजेको, भ्रष्टाचार गरेको, न्यायपालिकामा अनियमितता रोक्न नसकेको जस्ता आरोप लगाएर नेपाल बार एशोसिएसनले तीन हप्तादेखि प्रदर्शन गरिरहेको छ । सर्वोच्च अदालतकै न्यायाधीशहरुले पनि प्रधानन्यायाधीशको राजीनामा माग गर्दै इजलास बहिस्कार गर्दै आएका छन् ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu