Connect with us
Kapilvast Forest

एमाले महाधिवेशनमा विदेशका ६० पार्टीलाई निम्तो

२०७८, ५ मंसिर आईतवारमा प्रकाशित

 

काठमाडौं – एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा शुभकामना दिन विभिन्न देशका ६० पार्टीका प्रतिनिधि आउने भएका छन्।

एमालेसँग भाइचारा र मैत्रीपूर्ण सम्बन्ध रहेका देशका पार्टीका प्रतिनिधि आउने अतिथि सत्कार संयोजक एवं विदेश विभाग प्रमुख राजन भट्टराईले बताए। भारतबाट भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादी, भारतीय कम्युनिष्ट पार्टी र भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादी लेनिनवादी लिबरेसन पार्टीका प्रतिनिधि आउने भट्टराईले जनाए। कोरोनाका कारण चिनियाँ कम्युनिष्ट पार्टीले भने शुभकामना सन्देश मात्रै पठाउने छ।

भट्टराईले भन्नु भयो ‘कोरोनाको महामारीबाट विश्व मुक्त हुन सकेको छैन। त्यसैले अन्तर्राष्ट्रिय पाहुनाको संख्या तुलनात्मक रूपमा कम हुने आंकलन गरेका छौं।’ बंगलादेशको कम्युनिष्ट पार्टी अफ बंगलादेश, रिभोलेसनरी वर्कर्स पार्टी र श्रीलंकाको जेभीपी पार्टीका प्रतिनिधि आउने छन्। त्यस्तै, कम्बोडियाको सत्तासिन कम्बोडियन पिपुल्स पार्टी, फ्रेञ्च कम्युनिष्ट पार्टी, टर्कीको वामपन्थी पार्टीका प्रतिनिधि आउने खबर पठाइसकेको भट्टराईले बताउनु भयो । कोरोना संक्रमण बढेका कारण युरोपियन पार्टीहरूले भने सन्देश पठाउने कुरा गरेको भट्टराईले बताउनु भयो । ‘दक्षिण एसियाका अरू रुलिङ पार्टीहरूलाई पनि हामीले निम्ता गरेका छौं,’ भट्टराईले भन्नु भयो , ‘उहाँहरूलाई सकेसम्म प्रतिनिधि पठादिन आग्रह गरेका छौं, त्यो सम्भव नभए सन्देश पठाउनु भनेका छौं।’

नर्थकोरिया पार्टीले पनि शुभकामना सन्देश पठाउने जानकारी दिएको छ। भियतनाम र लाओसले प्रतिनिधि वा सन्देश पठाउने भन्ने टुंगो भइसकेको छैन। ‘क्युवालाई पनि निम्तो दिएका छौं। अहिलेसम्म बेल्जियमबाट शुभकामना सन्देश प्राप्त भएको छ। आयरल्यान्डबाट शुभकामना सन्देश प्राप्त भएको छ। जर्मनी र रसियाका तीन पार्टीले सन्देश पठाउने भन्नुभएको छ,’ उहाँले भन्नु भयो ।

अतिथिहरू मंसिर ९ गतेसम्म काठमाडौँ आइपुग्ने उहाँले बताउनु भयो । १० गते बिहान चितवन जानेछन्। ११ गते साँझ विदेशी पाहुनाका लागि सम्मानका लागि अध्यक्ष केपी शर्मा ओलीले रात्री भोजको आयोजना गर्नु भएको छ। भट्टराईले भन्नु भयो , ‘त्यसपछि सौराहामा दृश्यावलोकनको पनि व्यवस्था गरिनेछ। जंगल सफारीको पनि योजना छ।’

एमालेले एकीकृत समाजवादीलाई भने निम्ता नगरेको संयोजक भट्टराईले बताउनु भयो । संसद्मा रहेका सात दललाई पनि उद्घाटन सत्रमा निम्ता गरिएको छ। संसदीय दलका उपनेता सुवास नेम्वाङ र भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेरै निमन्त्रणा पत्र हस्तान्तरण गर्नु भएको थियो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जसपा अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नेमकिपा अध्यक्ष नारायणमान विजुक्छे, राप्रपा अध्यक्ष कमल थापा र राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीलाई महाधिवेशनमा निमन्त्रणा गरेको छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu