Connect with us
Kapilvast Forest

जनयुद्धमा हामी छिट्टै मारिन्छौं भन्ने लागेको थियो : अध्यक्ष प्रचण्ड

२०७६, २३ भाद्र सोमबारमा प्रकाशित

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले जनयुद्ध सुरु गर्दा आफूहरु छिटै मरिन्छ भन्ने लागेको बताएका छन्।

जनयुद्धमा मारिएका सुरेश वाग्लेको स्मृति सभालाई सोमबार पार्टी कार्यालय धुम्बाराहीमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जनयुद्धका बेला मर्नका लागि तछाडमछाड भएको बताए।

‘को बाँचिन्छ को मरिन्छ त्यसबेला ठेगान थिएन,’ अध्यक्ष प्रचण्डले भने, ‘त्यसबेला हामी केन्द्रीय समितिमा १९ जना थियौं। हामीमध्ये धेरै छिटै मारिन्छौं भन्ने लागेको थियो। विद्रोहलाई निरन्तरता दिन सकिन्छ तर हाम्रो बौद्धिक तागतले राज्यसँग लडेर छिट्टै जित्न सकिन्छ भन्ने थिएन। त्यसैले पनि नेतृत्व सबै बाँकी राख्ने भन्ने हुँदैन।

नेतृत्वपंक्तिबाटै बलिदान हुनुपर्छ भन्ने थियो।’ उनले वाग्लेको हत्यापछि सहिद हुन तछाडमछाड भएको बताए। उनले अहिले केही व्यक्तिहरुले यसरी प्राप्त भएको उपलब्धिको बदनाम गर्न लागिपरेको बताउँदै उनीहरु सफल हुन नसक्ने धारणा राखे। ‘उपलब्धिको बदनाम गर्नका लागि सिलसिला सुरु गरेका छन्,’ उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई बदनाम गर्नका लागि लागिपरेका छन् हामी सफल हुन दिँदैनौं।

सरकार प्रभावकारी होस् भन्ने चिन्ता हामीले पनि सुनेका छौं। राम्रा काम गर्न नखोजिएको होइन, आकांक्षाअनुसार काम भएनन् भन्ने कुरा आएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu