Connect with us
Kapilvast Forest

केन्द्रीय सदस्यमानपरेपछि विशाल भट्टराईलाई प्रदेश अध्यक्षको आश्वासन

२०७८, १३ मंसिर सोमबारमा प्रकाशित

 

चितवन -नेकपा एमालेमा केपी शर्मा ओलीले सहमतिका लागि प्रस्ताव गरेका ३०१ केन्द्रीय सदस्यमा नवौं महाधिवेशनबाट निर्वाचित अधिकांश समेटिँदा विशाल भट्टराई पर्नु भएन ।

प्रतिनिधिसभामा एमाले प्रमुख सचेतक समेत रहेका भट्टराई ओलीका विश्वास पात्र मानिनुहुन्थ्यो । दशौं महाधिवेशनमा पनि ओलीलाई सर्वसम्मत बनाउन उहाँले लबिइङ गर्नु भएको थियो ।

 

तर पदाधिकारीमा आकांक्षा राखेका भट्टराई ओलीले आइतबार मध्यरातमा बन्दसत्रमा प्रस्ताव गरेको केन्द्रीय सदस्यहरुको सूचीमै पर्नु भएन । सूचीमा नाम नभएकाहरुले उम्मेदवारी दिन पाउँछन् । भट्टराईले उम्मेदवारी पनि दिनु भएन ।

स्रोतका अनुसार भट्टराईले नेताहरुसँग केन्द्रीय कमिटीमै नराख्दा अपमान महसुस भएको बताउनु भएको छ । ओलीसहितका नेताहरुले भने उहाँलाई प्रदेश अध्यक्षको आश्वासन दिएका छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu