Connect with us
Kapilvast Forest

एमाले महाधिवेशन : पूर्वमाओवादी नेता उठेकै पदमा चुनाव

२०७८, १३ मंसिर सोमबारमा प्रकाशित

 

काठमाडौं-नेकपा (एमाले) को १० औँ महाधिवेशनमा पूर्वमाओवादी धारका नेताहरुलाई चुनौती बनेको छ। अध्यक्ष केपी शर्मा ओलीले बन्द सत्रमा प्रस्तुत गरेको सर्वसम्मत प्रस्तावमा सहमति जुट्न नसकेका पदमा निर्वाचन हुने भएपछि पूर्वमाओवादी धारका नेताहरुलाई चुनौती बनेको हो।

 

 

पूर्वमाओवादी खेमाले पाएका एक उपाध्यक्ष र दुई सचिवमा निर्वाचन हुने भएपछि रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी र लेखराज भट्टलाई प्रतिस्पर्धाबाट आउनुपर्ने भएकाे छ।

एमालेको विधान अनुसार ६ जना उपाध्यक्षको व्यवस्था छ। सुवासचन्द्र नेम्वाङ, घनश्याम भुसाल, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, युवराज ज्ञवालीसँग रामबहादुर थापा बादलले प्रतिस्पर्धा गर्नुपर्ने भएको छ।  ओलीको सूचीमा नअटाएका घनश्याम भुसालले उम्मेदवारी दिएपछि उपाध्यक्षमा पूर्व माओवादीलाई दबाव बढेको हो।

भुसाल साविकको नेकपा विवाददेखि नै अध्यक्ष ओलीको विरोध गर्ने नेतामध्ये एक हुन्। त्यसैले ओलीले भुसाललाई पदाधिकारीको सूचीमै राखेनन्।

एमालेको कडा प्रतिस्पर्धीबीच बादललाई चुनाव जित्न ठुलो चुनौती देखिएको पूर्वमाओवादी धारका एक नेताले बताए।

यस्तै, ७ वटा सचिवमा ९ जनाको उम्मेदवारी परेको छ। योगेश भट्टराई,  गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, पद्मा अर्याल, टंक कार्की, भीम आचार्य, टोपबहादुर रायमाझी र लेखराज भट्ट छन्।

उम्मेदवारमध्ये कार्की र आचार्य ओलीको सिफारिस बाहिरका नेताहरु हुन्। भट्टराई र विष्ट नवौँ महाधिवेशनबाट निर्वाचित सचिव हुन्। यस्तै, अर्का तीन प्रतिस्पर्धी विश्वकर्मा, महासेठ र अर्याल ओली निकटका बलिया उम्मेदवार हुन्।

बलिया प्रतिस्पर्धीलाई पराजित गरेर आउन समस्या पर्नसक्ने पूर्वमाओवादी धारका एक नेता स्वीकार गर्छन्।

ती नेता भन्छन्, ‘उपाध्यक्षमा पनि हाम्रो एकजना हुँदा अर्को थप एक उम्मेदवारी परेको छ। यस्तै, सचिवमा पनि हाम्रो दुई जना हुँदा दुई जनै थप उम्मेदवार छन्। संयोग परेको पनि हुनसक्ला हुन त।’

आफूहरुले साविकको नेकपाको निरन्तरता भएकाले धेरै समस्या नहोला भन्ने पनि बुझाई उनीहरुको छ।

‘थोरै शंका भएपनि हामीले त्यसलाई धेरै ठुलो रुपमा लिएका छैनौँ। तर, हामीले शंका गरेझैँ भयो भने ओलीजी नै असफल हुनुहुन्छ’ ती नेताले भने।

त्यसो त पूर्वमाओवादी धारका नेताहरु अध्यक्ष बाहेकका सबै पदमा सर्वसम्मत नेतृत्व चयन भइसकेको छ। वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल, उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरूङ र विष्णु रिमाल निर्विरोध  भएका छन्।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu