विद्युतका कर्मचारी चिया पसलबाट घुससहित पक्राउ
सिरहा । नेपाल विद्युत प्राधिकरणका कर्मचारी घुससहित पक्राउ परेका छन् । प्राधिकरण शाखा कार्यालय सिरहाका इलेक्ट्रोसियन छेदीलाल साह घुससहित पक्राउ परेका हुन् ।
साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले सोमबार पक्राउ गरेको हो । उनलाई चिया पसलबाट युवकसँग ८० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
#अख्तियार