Connect with us
Kapilvast Forest

मुख्यमन्त्री राहत कोषको रकम हिनामिना

२०७८, १४ मंसिर मंगलवारमा प्रकाशित

 

 

जनकपुरधाम – प्रदेश २ मा मुख्यमन्त्री राहत कोषको चरम दुरुपयोग हुँदै आएको छ। असहाय, विपन्न तथा अशक्तहरूको सहयोगका लागि स्थापित राहत कोषबाट पहुँचवाला, नेता र धनाढ्य व्यक्तिहरूलाई सहयोग हुँदै आएको छ। मुख्यमन्त्री लालबाबु राउतले कोषको दुरुपयोग गर्दै प्रदेश २ प्रमुख हरिशंकर मिश्रकी श्रीमती उषा मिश्रलाई ५ लाख रुपैयाँ उपलब्ध गराए।

राज्यबाट आर्थिक सहयोगका लागि एक सयभन्दा बढी विपन्न, असहाय, अशक्तले महिनांैदेखि निवेदन दर्ता गराए पनि मुख्यमन्त्री राउतले चासो देखाएनन्। तर, प्रदेश प्रमुखकी श्रीमतीलाई उपचार खर्चका नाममा आर्थिक सहायता उपलब्ध गराएको मुख्यमन्त्री कार्यालयले जनाएको छ।

आर्थिक सहायता उपलब्ध गराउने सम्बन्धी निर्देशिका, २०७६ बमोजिम कुनै व्यक्तिलाई २५ हजारदेखि ३ लाखभन्दा बढी रकम राज्यकोषबाट उपलब्ध गराउन नमिल्ने उल्लेखित छ। असहायको रकम प्रदेश प्रमुखको श्रीमतीलाई उपलब्ध गराएको बारे विभिन्न सञ्चार माध्यमहरूमा समाचार आएपछि मिश्रले सो चेक सरकारलाई फिर्ता गरेको मुख्यमन्त्री कार्यालयले जनाएको छ।

मुख्यमन्त्री कार्यालयबाट काटिएको चेक रद्द गर्न सचिव यमप्रसाद भुसालले आफूलाई फिर्ता दिएको लेखा अधिकृत दिनेश पण्डितले बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu