Connect with us
Kapilvast Forest

प्रकाशशरण र विश्वप्रकाशलाई देउवाले भने अर्ति दिन सजिलो छ, आफूले गर्न गाह्रो छ

२०७८, १४ मंसिर मंगलवारमा प्रकाशित

 काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रवक्ता विश्वप्रकाश शर्माबीच सार्वजनिक मञ्चमै जुहारी चलेको छ ।मंगलबार सुवर्ण समशेर पुस्तक विमोचन एवं नवनिर्वाचित जिल्ला सभापति तथा क्षेत्रीय सभापति सम्मान कार्यक्रममा प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवा र प्रवक्ता शर्मासँगै उपस्थित हुनु भएको थियो ।

कार्यक्रममा प्रवक्ता शर्माले आफूले अघि सार्दै आएको राजनीतिक प्रस्तावको चर्चा गर्नु भयो । सभापति देउवालाई सल्लाह भन्दै उहाँले एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटक मात्र सांसद बन्ने प्रस्ताव आफूले गरेको सुनाउनु भयो ।

यो प्रस्ताव बोकेर जाँदा शेरबहादुर देउवा त पाँच पटक प्रधानमन्त्री भइसक्नु भयो विश्वप्रकाशको पुस्ताले त्यो अवसर र क्षमता राख्छ त भनेर सोध्ने गरेको भन्दै उहाँले भन्नु भयो , ‘हाम्रो सभापतिलाई ज्योतिषले ७ पटक प्रधानमन्त्री बन्ने भनेको होला तर मैले मेरो पुस्तालाई २ पटक भन्दाबढी प्रधानमन्त्री बन्न नपाउने प्रस्ताव गरेको छु ।’

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्राधनमन्त्री समेत रहेका देउवाले प्रवक्ता शर्मालाई जवाफ फर्काउनु भएको छ । ‘हाम्रो विश्वप्रकाशले अति महत्वपूर्ण कुरा उठाउनु भएको छ । उहाँले आफ्नो बेलामा गर्नुभयो भने उहाँलाई धन्यवाद दिनुहोस् तपाईंहरुले,’ उहाँले भन्नु भयो , ‘अरुलाई अर्ति दिन सजिलो छ, आफूले गर्नु गाह्रो छ । उहाँलाई आफ्नो बेलामा गरेर देखाउनु होला भनेर शुभकामना दिन चाहन्छु ।’

देउवाले अघि भन्नु भयो ‘अहिले नहत्तारिनुस्, अहिले हत्तारिएर के गर्नुहुन्छ रु समय आइहाल्छ नि ।’कार्यक्रममा सहमहामन्त्री प्रकाशशरण महत पनि हुनुन्थ्यो । उहाँले पनि निर्णय गर्न ढिला भएको भन्दै असन्तुष्टि जनाउनु भएको थियो । सभापति देउवाले उहाँलाई पनि जवाफ दिनु भयो ।

‘प्रकाशशरण महतजीले पनि भन्नुभयो, निर्णय नै गर्न सक्दैन, निर्णय ढिलोढिलो गर्छ भनेर,’ देउवाले भन्नु भयो ‘निर्णय भन्दैमा जथाभावी गर्नु, जे पायो त्यही त गर्नु भएन नि निर्णय भनेको सोच विचारले गर्नुपर्छ । निर्णय गरेर पछुताउनुभन्दा ढिलो निर्णय गर्नु बेश हुन्छ ।’

दुबै नेतालाई इंगित गर्दै उनले अघि भने, अर्ति भनेको बुढापाकाहरुबाट सिक्नुपर्छ क्या १ बुढापाकालाई अर्ति दिने होइन, अर्ति लिने गर्नुहोस् । त्यसकारण हाम्रो अर्ति सुनेर काम गर्नुहोला । हतार नगर्नुस्, गर्नुभयो भने बिग्रिन्छ । वीपीले हतार गर्नुभएन, कृष्णजीले हतार गर्नुभएन, तपाईंको पालो आइहाल्छ, हतार नगर्नुस् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu