Connect with us
Kapilvast Forest

लुम्बिनी गुरूयोजना छिट्टै पूरा गर्न एमाले उपाध्यक्ष पौडेलको आग्रह

२०७८, १६ मंसिर बिहीबारमा प्रकाशित

बुटवल-नेकपा एमालेका नवनिर्वाचित उपाध्यक्ष विष्णु पौडेलले लुम्बिनी गुरूयोजना छिट्टै पूरा गर्न आग्रह गर्नु भएको छ । गुरूयोजना बनेको ४० वर्ष हुँदा समेत पूरा हुन सकेको छैन ।

लुम्बिनी बौद्ध विश्वविद्यालयको १७औं वार्षिकोत्सवमा बिहीवार बोल्दै नेता पौडेलले गुरूयोजना पूरा नहुँदा लुम्बिनीको सोचेजस्तो विकास हुन नसकेको भन्दै छिट्टै गुरूयोजना पूरा गर्नतर्फ लाग्न सरकार र लुम्बिनी विकास कोषलाई आग्रह गर्नु भयो ।

थालिएका कामहरू छिट्टो सम्पन्न गर्नतर्फ सबैको ध्यान पुग्नुपर्ने नेता पौडेलको भनाइ छ ।लुम्बिनीसँगै तिलौराकोट, रामग्राम, देवदहको पनि संरक्षण र प्रवद्र्धन गर्न आवश्यक रहेको पौडेलले बताउनु भयो । उहाँले भन्नु भयो , ‘रामग्राम, देवदह, लुम्बिनी र तिलौराकोटलाई समेटेर बृहत् गुरूयोजना बनाएर लुम्बिनी विकास गर्न आवश्यक छ ।’

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu