Connect with us
Kapilvast Forest

बिइङ ह्‍युमनका म्‍यानेजर ६९ लाखसहित पक्राउ

२०७८, १९ मंसिर आईतवारमा प्रकाशित

pakrauu

काठमाडौं- प्रहरीले श्रोत नखुलेको ६९ लाख ५० हजार सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महानगरपालिका-१ दरवारमार्गस्थित बिइङ ह्‍युमन कपडा पसलका म्‍यानेजर हिरोसी खनाल रहेका छन् ।

महानगरीय प्रहरी वृत्त दरवारमार्ग र महानगरीय प्रहरी परिसरको संयुक्त टोलीले काठमाडौंको दरबारमार्गबाट उनलाई पक्राउ गरेको हो ।

 

उनको साथबाट प्रहरीले नेपाली रुपैयाँ १ हजार दरको १ सयवटा ४९ बण्डल गरी ४९ लाख, नेपाली रुपैयाँ ५०० दरको १ सयवटा ४९ बण्डल गरी २० लाख ३० हजार तथा बिइङ ह्युमन लेखिएको नीलो रंगको झोला बरामद गरेको छ ।

पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारवाहीको लागी सम्पत्ती शुद्धीकरण अनुसन्धान विभाग, पुल्चोक ललितपुर पठाइएको महानगरीय परिसरले जनाएको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu