खतराजन्य पदार्थ आयात तथा निर्यातमा निगमले पायो अनुमति
काठमाडौँ -नेपाल वायुसेवा निगमले ‘डेञ्जरस गुड्स सर्टिफाइड एयरलाइन्स’ पाएको छ ।नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान) ले निगमलाई खतराजन्य सामग्री सूचीको नवौं र रेडियोधर्मी विकिरणयुक्त उपयोगी सामान बोक्न पाउनेगरी प्रमाणपत्र प्रदान गरेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमकुमार आलेको उपस्थितिमा क्यानका महानिर्देशक राजकुमार क्षेत्रीले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई प्रमाणपत्र हस्तान्तरण गर्नु भएको हो ।
प्राधिकरणका महानिर्देशक क्षेत्रीले कार्गोको रुपमा तीन गुणा बढी शुल्क तिरी यस्ता वस्तुहरु निगमको जहाजले ढुवानी गर्न पाउने भएको बताउनु भयो ।उहाँले भन्नु भयो , ‘प्राधिकरणले जहाजले कुन सामान बोक्न पाउने र नपाउने सूचीकरण गरेको हुन्छ, त्यसमा अबदेखि भने कार्गोको रुपमा तीन गुणा बढी शुल्क तिरी यस्ता वस्तुहरु वायुसेवा निगमको जहाजले ढुवानी गर्न पाउने प्रमाणपत्र दिएका हौँ।’
यस्तै, मन्त्री आलेले अब बाहिरबाट ल्याउने सामानहरुमा कुनै प्रकारको झन्झट नहुने बताएँदै जनाउँदै भने,’‘जुन सामानहरु हामी बाहिरबाट क्यारी गर्छौ त्योभन्दा दुईरतीन गुणा बढी हामीले पाउने भयो। जुन जुन फ्लाइटमा यात्रु नभएको अवस्थामा पनि डेन्जरस् गुड क्यारी गरेर हामी यहाँ ल्याउँछौँ यसले नाफा दिन्छ’, ।