पत्रकारका लागी आँखा उपचार समबन्धि तालिम
कपिलवस्तु –छन्दकाले बाबु नारायणी आँखा अस्पताल बहादुरगंको आयोजनामा पत्रकारहरुका लागी आधारभुत अाँखा स्वास्थ्य समबन्धि तालिम समपन्न भएको छ ।
नर्वेजियन नेत्रहीन तथा अल्पदृष्टियुक्त संघ(एन.एब.बी.पी.),नर्वेको आर्थिक सहयोगमा बुद्धभुमी २ गोरुसिंगेमा १ दिने तालिम समपन्न भएको हो ।
उक्त कार्यक्रममा प्रमुख अतिथीको आसनबाट बोल्दै अस्पताल व्यवस्थापन समितका अध्यक्ष कृष्ण कुमार गिरीले आँखाको समस्यालाई सामान्य रूपमा लिदाँ अन्धोपनको समस्या हुन सक्ने भएकाले सर्तक रहन आग्रह गर्नुभयो ।
पछिल्लो समय दिन प्रतिदिन दृष्टिबिहिनको संख्या वृद्दि भएकाले खानपान लगायत आँखा उपचारमा ध्यान दिनु पर्ने बताउनु भयो । सानो लापरवार्हीले गर्दा मानिसहरुमा दृष्टिबिहिनको समस्या निम्तिने भएकाले आँखा उपचारमा ख्याल गर्नुपर्ने बताउनु भयो ।
आँखा सम्वन्धि हरेक समस्यालाई केहि हद सम्म भए पनि न्युनिकरणको लागि पत्रकारहरुको अहम भुमिका रहने भन्दै कार्यक्रम आयोजना गरिएकोे छन्द काले बाबु नारायणी आँखा अस्पताल बहादुरगंजका प्रशासकिय अधिकृत जसराज विश्वकर्माले बताउनु भयो ।
स्वास्थ्य आँखा भएका नागरिकहरुले पनि वर्षमा एक पटक आँखा जाँच गर्नुपर्ने अधिकृत विश्वकर्माले बताउनुभयो । आँखाको समस्यालाई सामान्य लिदाँ अन्धोपनको समस्या बढेकोले सर्तक रहन आग्रह गर्नुभयो ।
कपिलवस्तुका स्थानिय तहहरु संग सहकार्य गर्दै निशुल्क आखाँ शिवीर संचालन गदै आएको आखाँ अस्पतालले न्युन आर्थिक आय भएका कपिलस्तु लगायत भारतका केहि जिल्लामा समेत अस्पाताले प्रभावकारी सेवा दिदै आएको छ ।
कार्यक्रममा अस्पतालका बाह्य संयोजक ओपेन्द्र चन्दले आधारभूत आँखा स्वास्थ्य सम्बन्धी तालिम प्रदान गर्दै आँखा स्वास्थ्य सुरक्ष को विषयमा प्रकाश पार्नु भएको थियो ।
आँखा स्वास्थ्य कार्यक्रम राप्ती बहादुरगंज छन्द कालेबाबु नारायणि आँखा अस्पतालका प्रशासनिक समितिका संयोजक शारदा चौधरीको अध्यक्षता रहेको उक्त कार्यक्रममा पत्रकार महा संघ कपिलवस्तुका अध्यक्ष किरणमान बज्राचार्य, सचिव जानपाण्डे ,सहसचिव संजिव गहतराज लगायत जिल्लाका २५ वढि पत्रकारहरुको सहभागिता रहेको थियो ।