Connect with us
Kapilvast Forest

बसको ठक्करबाटएक युवतीको मृत्यु

२०७८, २४ मंसिर शुक्रबारमा प्रकाशित

accident

 

सुनसरी — धरानमा शुक्रबार बिहान दुर्घटनामा परी एक युवतीको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार धरान-८ स्थित बरगाछिमा को १ खा ३८५५ नम्बरको यात्रुवाहक बसले को ३७ प ११३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा इटहरी उपमहानगरपालिका–२० बस्ने २३ वर्षीया अनिता राईको मृत्यु भएको हो ।

मोटरसाइकल र बस दुवै दक्षिणबाट बरगाछी हुँदै भानुचोकतर्फ गइरहेको बेला दुर्घटना भएको हो ।दुर्घट्नास्थलबाट तत्काल उद्धार गरी राईलाई उपचारको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याएपनि चिकित्सकहरुले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।प्रहरीले बस र बस चालक इटहरीका ५४ वर्षीय राजु थापालाई नियन्त्रणमा लिएको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu