सुरक्षित आप्रवासन परियोजना सम्वन्धी अन्तरक्रिया
कपिलवस्तु- कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटामा अन्र्तराष्ट्रिय आप्रवासन दिवस को अवसरमा सुरक्षित आप्रवासन परियोजना सम्वन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
सचेत,सिपमुलक र सुरक्षित रोजगार: मर्यादित श्रम आप्रवासनको मुल आधार भन्ने मुल नारा सहित आप्रवासन असर तथा प्रभाव साथै आप्रवासी कामदारहरुलाई बहिस्करण प्रभाव न्युनिकरण सम्वन्धी आज शिवराज नगर क्षेत्रका सामुदायिक अगुवाहरु संग अन्तरक्रिया गरिएको हो ।
कार्यक्रम को अध्यक्षता गर्नु भएको नगर प्रमुख नेत्रराज अधिकारीले बैदेशिक रोजगारमा जानु अघि सिप सिकेर जानु पर्ने, बैदेशिक रोजगारमा रहेका श्रीमानहरुको मात्र भर नपरी श्रीमानले पठाएको पैसाले घरमा रहने महिलाहरुले समेत व्यावसायिक रुपमा केही गर्न सके मात्र समाज परिवर्तन तथा अर्थो पार्जन मा सहजता हुने बताउनु भयो ।
कार्यक्रम सयोंजक नारायण पन्थीले श्रीमान वैदेशिक रोजगारमा भएका सवै महिलाहरु एकै किसिम का नहुने, र बैदेशिक रोजगारी रहेकाहरुलाई समाजले हेर्ने दृष्टिकोण परिवर्तन गर्ने , विदेश जादां नेपाल बाट नै सबै कागजात पुरा गरेरै जानु पर्ने लगाएत विषयमा प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रम शिवराज नगरपालिका को आयोजना, हेल्भेटास नेपाल र सामीको समन्वय तथा विभिन्न संघ संस्थाका प्रतिनिधी शिवराज नगरपालिका का सम्पुर्ण वडा तथा संचारकर्मीहरुको सहभागितामा सम्पन्न भएको थियो ।