ओलीलाई बचाउन ठूलो डिजाइन गरियो:प्रचण्ड
काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोगले संविधान र ऐनअनुसार काम गरेको भए केपी ओलीको अवस्था नाजुक बन्ने टिप्पणी गर्नु भयो । ओलीको राजनीति जोगाउनका लागि ठूलो डिजाइन र षडयन्त्र भएको उहाँले बताउनु भयो ।
पुस ५ का सन्दर्भमा आयोजित एक कार्यक्रममा प्रचण्डले भने, ‘यदि निर्वाचन आयोगले कानूनअनुसार निर्णय लिएको भए केपी ओली पार्टीविहीन, चुनावचिन्हविहीन एउटा बबुरो नेता बन्नुहुने थियो । उहाँले अर्को पार्टी दर्ता गरेर चुनाव चिन्ह पनि अर्कै बनाइसक्नुभएको थियो । एउटा सेटिङअन्तर्गत उहाँलाई बचाइयो ।’
प्रचण्डले ओली आज पनि प्रतिगमनकै बाटोमा रहेको बताउनुभयो । माधव नेपाल गएको ठाउँमा केपी ओली नजानुलाई अलोकतान्त्रिक संस्कार भन्दै उहाँले आलोचना गर्नु भयो ।
प्रचण्डले भन्नु भयो , ‘माधवजी देखिएपछि त्यहाँ केपी ओली उपस्थित नहुने रे । कांग्रेस महाधिवेशनमा पनि आउनुहुन्न कि भनेको धन्न त्यहाँ चाहिँ आउनुभयो । निर्वाचन आयोगले, संसदले सबैले स्वीकारेर सरकारमा समेत सहभागी भएको पार्टीलाई मान्यता नदिनु कहाँसम्मको लोकतान्त्रविरोधि चरित्र हो ।अहिले गठबन्धन टुट्छ भने नेपाली कांग्रेसलाई एकलौटी सरकार चलाउन दिने प्रस्ताव ओलीले राखेको भन्दै प्रचण्डले आलोचना गर्नु भयो ।