Connect with us
Kapilvast Forest

आर्थिक हैसियत भएका सीमित वर्गको मात्र त्रिवि हुन नहुने : प्रम देउवा

२०७८, ५ पुष सोमबारमा प्रकाशित

 

 

काठमाडौं-त्रिभुवन विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक हैसियत भएका सीमित वर्गको पहुँचमा मात्र त्रिभुवन विश्वविद्यालय हुन नहुने बताउनुभएको छ । सोमबार त्रिभुवन विश्वविद्यालयको ४७ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सो कुरा बताउनुभएको हो ।

उहाँले सबै नागरिकले सहज र सुलभ शिक्षा पाउनुपर्ने सरकारको मान्यता रहेको उल्लेख गर्नुभयो । ‘शिक्षा सबैका लागि हुनुपर्छ । आर्थिक हैसियत भएका सीमित वर्गको पहुँचमा मात्र हुनुहुँदैन भन्ने सरकारको मान्यता छ । सबै नागरिकले सहज र सुलभ शिक्षा पाउनुपर्छ,’ उहाँले भन्नुभयो । त्यस्तै दीक्षित विद्यार्थीहरुलाई जीवन र परिवारको भविष्य निर्माण गर्दै मुलुकका लागि सुयोग्य नागरिक बन्न प्रेरित गर्नुहुँदै प्रधानमन्त्री देउवाले दीक्षित विद्यार्थीले सचेत र शिष्ट नागरिक बन्दै राष्ट्रप्रतिको कर्तव्य निर्वाह गर्ने विश्वास समेत व्यक्त गर्नुभयो ।

समारोहमा विश्वविद्यालयका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललगायतले सम्बोधन गर्नुभयो । त्यस्तै त्रिविबाट लिइएका विभिन्न तह एवं विषयका परीक्षाहरूमा सर्वोत्कृष्ट अङ्क प्राप्त गरी सर्वप्रथम हुने उत्कृष्ट २१ विद्यार्थीलाई २९ विधामा पदक एवं पुरस्कार वितरण गरिएको छ । जसमा उत्कृष्ट १३ जना छात्रा र ८ जना छात्र रहेका छन् । उत्कृष्टमध्ये दुई जना उपदेश सुवेदी र प्रमोद नेपालले जनही तीन वटा पदक प्राप्त गर्नुभएको छ । सुवेदीले चान्सलर पदक, त्रिभुवन विश्वविद्यालय प्राध्यापक सङ्घ स्वर्णपदक र रामप्रसाद मानन्धर स्वर्णपदक प्राप्त गर्नुभएको छ भने नेपालले तारापद चौधरी पदक, खगेन्द्रमानसिंह प्रधान पदक र चन्द्रराज ढुङ्गेल स्मृति पुरस्कार प्राप्त गर्नुभएको छ ।

यसैगरी, चार जनाले दुई/दुई वटा पदक एवं पुरस्कार प्राप्त गर्नुभएको छ भने १५ जनाले एक–एक वटा पदक एवं पुरस्कार प्राप्त गर्नुभएको छ । उत्कृष्ट सूचीमा रहेका विद्यार्थीहरू सृष्टि न्यौपाने, विवेकराज भट्टराई, प्रतीक्षा सिंह र मन्दिरा न्यौपानेले जनही दुई वटा पदक एवं पुरस्कार प्राप्त गर्नुभयाे।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu