Connect with us
Kapilvast Forest

कपिलवस्तुमा ९ हजार नयाँ मतदाता थपिए

२०७८, ९ पुष शुक्रबारमा प्रकाशित

तौलिहवा -मतदाता नामावली संकलन विशेष कार्यक्रम सुरु भए यता कपिलवस्तुमा करिब ९ हजार मतदाता थपिएका छन्। जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुका अनुसार मंसिर १७ गतेदेखि सुरु भएको मतदाता नामावली संकलन विशेष कार्यक्रम अन्तर्गत १५ दिनको अवधिमा ९ हजार २ सय १२ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका हुन् ।

एक महिने कार्यक्रम अन्तर्गत पहिलो चरणमा जिल्लाका चार वटा पालिकामा कार्यक्रम सकिएको छ। मंसिर १७ गतेदेखि पौष २ गतेसम्म विजयनगर गाउँपालिका, कृष्णनगर नगरपालिका, महाराजगञ्ज नगरपालिका र बुद्धभुमि नगरपालिकाको कार्यालयबाटै नामावली संकलन गरिएको छ ।

यसैगरी पौष ४ गतेदेखि १८ गतेसम्म यशोधरा गाउँपालिका, मायादेवी गाउँपालिका, शुद्धोधन गाउँपालिका र बाणगंगा नगरपालिकामा नामावली संकलन गर्ने गरी काम जारी रहेको जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुका निर्वाचन अधिकारी ज्ञानुराम पन्थीले जानकारी दिनु भएको छ ।

उहाँका अनुसार कपिलवस्तु नगरपालिकाको जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयबाट निरन्तर दर्ता भई रहेको छ । त्यस्तै शिवराज नगरपालिकाको ईलाका प्रशासन कार्यालय चन्द्रौटाबाट निरन्तर दर्ता भई रहेको पन्थीको भनाई छ । अन्य समयमा तौलिहवामा जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय चन्द्रौटाबाट नामावली दर्ता गराउन सकिने पनि निर्वाचन कार्यालयले जनाएको छ ।

छुटेका मतदाताहरु अहिले जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालय र ईलाका प्रशासन कार्यालयमा पुग्ने क्रम बढ्दो रहेको निर्वाचन अधिकारी पन्थीको भनाई छ। उहाँले निर्वाचन घोषणा भए पछि नामावली संकलनको काम बन्द हुने हुदाँ समयमै नाम दर्ता गर्न पनि आह्वान गर्नु भएको छ ।

बाहिरी जिल्लाका योग्य मतादाताका लागि सम्बन्धित जिल्लाको ठेगाना राखी दर्ता गर्न चाहेमा र त्रुटी हटाउन, दोहोरो नाम हटाउन तथा ठेगाना सच्याउनको लागि जिल्ला निर्वाचन कार्यालय तौलिहवामा सम्पर्क राख्न आग्रह गर्नु भयो र

विषेश अभियान सुरु हुनुपूर्व कपिलवस्तुमा ३ लाख २९ हजार मतदाताले आफ्नो नाम दर्ता गराएका थिए । यससँगै जिल्लामा मतदाता संख्या ३ लाख ३८ हजार पुगेको छ। अब हुने स्थानीय, प्रदेश र संघको निर्वाचनलाई मध्यनजर गर्दै मतदाता नामावली संकलन थालिएको हो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu