Connect with us
Kapilvast Forest

कैलालीमा गाडी दुर्घटना हुँदा ८ जना घाइते

२०७८, १३ पुष मंगलवारमा प्रकाशित

accident

धनगढी-कैलालीमा हाइस गाडी दुर्घटना हुँदा ८ जना घाइते भएका छन्।पूर्वपश्चिम राजमार्ग अन्तर्गत लम्कीचुहा नगरपालिका-१० बलियामा मंगलबार बिहान शुक्लाफाँटा यातायात प्रा.लि. को बा ५ ख ८९०० नम्बरको हाइस दुर्घटना भएको हो।

नेपालगञ्जदेखि महेन्द्रनगर आइरहेको उक्त हाइस अनियन्त्रित भई सडकमै पल्टिएको प्रहरीले जनाएको छ।सो हाइसमा सवार ८ जना यात्रु सामान्य घाइते भएका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनीहरूको लम्कीकै लालरत्न अस्पतालमा उपचार भइरहेको छ।