कपिलवस्तु- जनमत पार्टीले कपिलवस्तु बन्दको घोषणा गरेको छ । पार्टीले एक विज्ञप्तिमार्फत किसानको समस्याको समाधानको माग गर्दै बन्दको घोषणा गरिएको जनाएको छ ।

आज दिउसो कपिलवस्तुका विभिन्न ठाउँमा जनमत पार्टीका कार्यकर्ताले पक्राउ परेका किसानको रिहाइ हुनुपर्ने, किसानमाथि लगाइएका झुटा मुद्दा खारेज हुनुपर्ने, किसानलाई मल, बिउको व्यवस्था गरिनुपर्ने, किसानलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, बालीको उचित मूल्य कायम गरिनुपर्ने र स्थानीय तहमा भएका भ्रष्टाचारको छानबिन लगायतका माग गर्दै आन्दोलनमा उत्रिएका थिए ।

पक्राउ परेका किसानको रिहाइ हुनुपर्ने, किसानमाथि लगाइएका झुटा मुद्दा खारेज हुनुपर्ने, किसानलाई मल, बिउको व्यवस्था गरिनुपर्ने, किसानलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, बालीको उचित मूल्य कायम गरिनुपर्ने र स्थानीय तहमा भएका भ्रष्टाचारको छानबिनको माग गर्दै जनमत पार्टी आन्दोलनमा उत्रिएको हो । जनमतले आज कपिलवस्तुमा चक्काजामको घोषणा गरेको छ ।

  विज्ञप्ति