प्रशोधित पिउने पानी व्यवासायी सँग अन्तरक्रिया
कपिवस्तु-खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाको आयोजनामा प्रशोधित पिउने पानी व्यवासायी सँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शुक्रवार शिवराज नगरपालिका ५ चन्द्रौटामा आयोजित कार्यक्रममा पछिल्लो समय स्वच्छ गुणस्तरीय पानीको अवस्थाको बारेमा चर्चा गरिएको थियो ।
जिल्लाका पिउने पानी व्यवासायीहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा कार्यलय प्रमुख विमल कुमार दाहालले सहजिकरण गर्नुभएको थियो । मापदण्ड,संचालनको पकृया,गुणस्तरीय बनाउने तरिका,बजारको समस्या लगाएतको बारेमा व्यवसायिलाई जानकारी गराउनुभएको थियो ।
कतिपय पानी उद्योगहरु निर्देशिका विपरित संचालनमा रहेको त्यस्ता उद्योगहरु कारवार्हीको भागेदार हुने दाहालले बताउनुभयो । कार्यक्रममा प्रमुख अतिथि व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेलले पिउने पानीमा लापरवार्ही नगर्न व्यवसायिलाई सुझाव दिनुभयो । कानूनले तोकेको मापदण्ड पुरा गरि व्यवसाय चलाउनुपर्ने भन्दै व्यापार संघ सधै व्यापारीहरुको हक हितमा लाग्ने प्रतिवद्धता जनाउनुभयो ।
