Connect with us
Kapilvast Forest

शिवराज ३ मा मखमल तथा ढाकाको जुत्ता बनाउने तालिम सुरु

२०७८, १६ पुष शुक्रबारमा प्रकाशित

कपिलवस्तु-कपिलवस्तुको शिवराज नगरपालिका वडा न ३ मा मखमल तथा ढाकाको जुत्ता बनाउने तालिम सुरु भएको छ । दलित मानव अधिकार निगरानी समिति कपिलवस्तुको संमन्वय र वडा न ३ को आर्थिक सहयोगमा आज देखि संचालन भएको तालिम १० दिन सम्म चल्ने तालिम वडा न ३ का वडा अध्यक्ष टेकलाल सापकोटाले उद्घाटन गर्नु भएको हो ।

तालिमको उद्घाटन गर्दै वडा अध्यक्ष सापकोटाले तालिम प्रभावकारी बनाउन शुभकामना जोड्दै सीपलाई व्यवहारमा उतार्नु पर्ने बताउनु भयो । तालिमका लागि तालिम भन्दा पनि तालिममा सिकेको सिपलाई ब्यवहार परिवर्तनसगैं आर्थिक उपार्जनको बाटो बन्नु पर्ने बताउनु भयो।

तालिममा वडा न ३ भित्रका २० जना दलित महिलाहरुको सहभागिता रहेको दलित मानव अधिकार निगरानी समितिकि अध्यक्ष मिना परियारले जानकारी दिनु भयो ।दलित महिलाहरुलाई आर्थिक आय आर्जन गर्न सहयोग पुगोस भनेर तालिम संचालन गरेको अध्यक्ष परियारले बताउनु भयो ।तालिममा सहभागि महिलाहरुलाई विभिन्न आकार र प्रकारका मखमल तथा ढाका जुत्ता बनाउने सीमुलक तालिमको सुरु गरेको उहाँले बताउनु भयो ।

शिवराज नगरपालिका वडा न३ का वडा अध्यक्ष टेकलाल सापकोटाको प्रमुख अतिथ्यता, दलित मानव अधिकार निगरानी समितिकि अध्यक्ष मिना परियारको अध्यक्षता रहेको कार्यक्रमकमको संचालन कल्याणि खनेलले गर्नु भएको थियो ।